दफा ४६
प्राधिकरणको लेखा र लेखापरीक्षण
(१) प्राधिकरणको आय व्ययको लेखा प्रचलित कानून बमोजिम राखिनेछ ।
(२) प्राधिकरणको लेखाको लेखापरीक्षण महालेखापरीक्षकबाट हुनेछ ।
(३) नेपाल सरकारले चाहेमा जुनसुकै बखत पनि प्राधिकरणको हिसाब किताब जाँच्न वा जँचाउन सक्नेछ ।